अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ५, बिहीबार १३:४९

मोरङ, ५ असार । आधुनिक प्रविधिको विकाससँगै दैनिक प्रयोगबाट हराउँदै गएको परम्परागत जाँतोको स्मरण गराउने गरी मोरङको लेटाङमा नेपालकै सबैभन्दा ठूलो जाँतो पर्यटकको रोजाई बनेको छ।

 

लेटाङ नगरपालिका–९ मा करिब १५ धुर क्षेत्रफलमा फैलिएको उक्त जातो हाल सार्वजनिक अवलोकनका लागि खुला गरिएको छ। देशको प्रमुख राजमार्गबाट ८ किलोमिटर दूरीमा रहेको जातो स्थलमा अहिले पर्यटकहरूको घुइँचो लाग्न थालेको छ।

 

उक्त जातो कोशी प्रदेश सरकारको १० लाख रुपैयाँको सहयोग र स्थानीयवासीको ४ लाख बराबरको जनश्रमदानमा निर्माण गरिएको हो। जातोसँगै आकर्षक पार्क पनि निर्माण भइसकेको छ, जसले पर्यटकहरूलाई थप आकर्षण प्रदान गरिरहेको छ।

 

लेटाङ वडा नम्बर ९ का वडाध्यक्ष नन्द किसोर दाहालका अनुसार “गाउँघरमा कहिल्यै छुट्न नहुने जातो अहिले इतिहास बन्दै थियो। यसलाई आधुनिक स्वरूपमा पुनर्जीवित गरेर पर्यटन प्रवर्द्धन र सांस्कृतिक संरक्षण दुबैलाई सघाउने उद्देश्य रहेको छ।”

 

जातोबाट नामाकरण भएको जाते क्षेत्रमा रहेको यो जातो ग्रामिण संस्कृति र पहिचानको प्रतीक बनेको छ। अब यो स्थल न केवल सांस्कृतिक धरोहरको नमुना हो, तर आन्तरिक पर्यटनको नयाँ केन्द्रको रूपमा पनि विकास भइरहेको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार