अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ५, बिहीबार १०:५८

एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजनालाई अनुमोदन गरेको बताइएको छ । बीबीसीको अमेरिकी साझेदार सीबीएसकले यस्तो समाचार छापेको हो ।
तर, ट्रम्पले इरानमाथि आक्रमण गर्ने वा नगर्ने भन्ने बारेमा अन्तिम निर्णय भने लिई नसकेको बताइएको छ । इरानले आफ्नो आणविक कार्यक्रम त्याग्न सहमति जनाएमा ट्रम्पले आफ्नो आक्रमण योजना रोक्न सक्ने एक वरिष्ठ गुप्तचर स्रोतले सीबीएसलाई बताएका छन् ।
यो समाचार पहिलो पटक वाल स्ट्रिट जर्नलले छापेको थियो । बुधबार, इरानमा अमेरिकी हस्तक्षेपको बारे सोध्दा ट्रम्पले ‘म त्यो गर्न सक्छु, म त्यो नगर्न पनि सक्छु’ भन्न जवाफ दिएका थिए ।
जुन १३ मा, इजरायलले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित लक्ष्यहरूमा आक्रमण ग¥यो । बदला स्वरूप इरानले पनि इजरायलमाथि आक्रमण गर्याे । त्यसबेलादेखि दुई देशबिचको द्वन्द्व जारी छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार