अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ५, बिहीबार ०८:५२

रौतहटको पश्चिमी भेग फतुवा बिजयपुर नगरपालिका– ११ स्थित रांगी गाउँ स्थित संचालित खानेपानी आयोजनाको विद्युत ट्रान्सफर्मर चोरी भएको छ। ट्रान्सफर्मर चोरीसंगै गाउँका सैयौं परिवार खानेपानीबाट बञ्चित भएका छन् ।

गएराति अज्ञात चोर समूहले विधुतको लाईन काटेर खानेपानीको ५० केवी क्षमताको ट्रान्सफर्मर चोरी गरेका हुन् । चोर समुहले ट्रान्सफर्मर तल झारेर सो भित्र रहेको महँगा तामाका कवाएल चोरेर लागेको स्थानीयले बताएका छन् ।

गाउँ बाहिर रहेको खानेपानी आयोजनाको विद्युत ट्रान्सफर्मर चोरी बारे बुधवार बिहान थाहा पाएर प्रहरी लाई खबर गरेका थिए। ट्रान्सफर्मर चोरी भएपछी अहिले रांगी गाउँको खानेपानीको आपूर्ति ठप्प भएको छ।

यस्तो गर्मीको मौसममा खानेपानीको आपूर्ति बन्द हुँदा १०० भन्दा बढी परिवार लाई ठुलो शास्ती भएको समाजसेवी हरी कोईरालाले बताएका छन् ।

ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवले चोरीको घटना बारे आफूहरुले बुधबार बिहान ११ बजे थाहा पाउनेबितिकै स्थलगत निरीक्षण गरेको बताए । ट्रान्सफर्मर चोरी मंगलवार राती ११ र १२ बजेको बीचमा भएको हुनुपर्छ। फतुवा बिजयपुर एरियामा मंगलवार राती १२ भएपछि पानी परेको थियो र चोरी भएको स्थानमा राखिएको प्लास्टिक माथि पानीको थोपा देखिएको छ।

ट्रान्सफर्मर चोरी गर्ने कुनै नयाँ गिरोह सक्रिय भएको अनुमान गर्दै घटनाको अनुसन्धान भईरहेको इन्स्पेक्टर यादवले जानकारी दिए । केहीवर्ष अघि रांगी गाउँको सोही खानेपानी आयोजनाको विद्युत ट्रान्सफर्मर चोरी भएको थियो। ईलाका प्रहरी कार्यालय बिजयपुरका तत्कालीन प्रमुख इन्स्पेक्टर चन्द्रकान्त साह घटनाको गहन अनुसन्धान गरी चोरीमा संलग्न ५ जना लाई पक्राउ गरेको थियो ।

पक्राउ परेका सबैजना आरोपहरु पुर्पक्षका लागि जेल चलान भएर अहिलेसम्म छुटेका छैनन् । त्यस पछि ट्रान्सफर्मर चोरीको घटना प्रायः बन्द भएको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार