अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ४, बुधबार १५:११

सञ्जय मिश्रा
रौतहट, ४ असार। रौतहटको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पताल मधेश प्रदेशमा पुनः उत्कृष्ट बनेको छ भने देशको ‘टप फाइभ’ अस्पतालको सूचीमा कायमै रहेको छ।

मधेश प्रदेश स्वास्थ मन्त्रालय अन्तर्गत न्यूनतम् सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अनुसार गरिएको अनुगमन निरीक्षणपछि कार्यसम्पादन मूल्यांकनको आधारमा गौर अस्पताललाई उत्कृष्ट घोषणा गरिएको हो।

प्रादेशिक अस्पताल गौर मूल्यांकनको आधारमा कुल ९१ प्रतिशत नम्बर ल्याएर मधेश प्रदेशको ६ वटा प्रादेशिक अस्पतालमध्ये उत्कृष्ट र देशकै ५० बेडका २० प्रादेशिक अस्पतालमध्ये ‘टप फाइभ’ मा कायम रहेको मेडिकल सुपरीटेन्डेन्ट डाक्टर मुरारी ठाकुरले बताएका छन्।

प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत न्यूनतम् सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमलगायत विभिन्न निकायका ११ सदस्यीय टोलीले प्रादेशिक अस्पताल गौरको सूक्ष्म तरिकाले छड्के अनुगमन निरीक्षण गरी सोमवार निष्कर्षमा पुगेको थियो।

अनुगमन निरीक्षण पश्चात सोमबार साँझ अस्पतालको सभाकक्षमा एक विशेष कार्यक्रमको आयोजना गरी नम्बरिङको निष्कर्ष निकालिएको अस्पताल विकास समितिका अध्यक्ष महमद अनवर हासमीले बताएका छन्।

न्यूनतम् सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत अनुगमन टोलीले अस्पतालले दिइरहेको सेवा, डाक्टर स्वास्थ्य कर्मीको अवस्था, उनीहरूले बिरामीसँग गर्ने व्यवहार, भौतिक पूर्वाधारको अवस्था, एम्बुलेन्स, क्यान्टिन, बिरामीको बेड, अप्रेसन कक्ष, शौचालयको अवस्था, सरसफाइ, अस्पतालले बिरामीलाई दिने सुविधा लगायतको मूल्यांकन गरी छुट्टाछुट्टै नम्बर दिने गरेको अध्यक्ष हासमीले जानकारी दिएका छन्।

कार्यक्रममा वक्ताहरूले केही समय अघिसम्म जिल्ला गौर प्रादेशिक अस्पताल रेफरल अस्पतालको नामले परिचित भएको थियो। तर वर्तमान अस्पताल विकास समितिका अध्यक्ष हासमी, मेडिकल सुपरीटेण्डेण्ट डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरमा कार्यरत सम्पूर्ण डाक्टर, स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारी अहोरात्र खटेर यो पहिचान कायम गर्न सफल भएको बताएका थिए।

कार्यक्रममा स्वास्थ निर्देशनालयका नर्सिङ प्रशासक सुनिल गुप्ता, नारायणी अस्पताल बिरगंजका नर्सिङ प्रशासक श्रुती साह, मेडिकल अधिकृत डाक्टर इन्द्रजीत रजक, प्रादेशिक अस्पताल मलंगवाका कन्सलाटेनट डाक्टर अशोक यादव, मधेश स्वास्थ मन्त्रालयका डेन्टल सर्जन डाक्टर सुरज गुप्ता, स्वास्थ निर्देशनालयका सुरेन्द्र चौधरी, प्रादेशिक अस्पताल कलैयाका व्यवस्थापक प्रिया झा, रौतहटका सिडियो बिनोद कुमार खडका, रौतहट प्रहरी प्रमुख एसपी नेत्र मणि गिरी, सशस्त्रका एसपी सन्तोष कुमार बस्नेत,मेसु डाक्टर मुरारी ठाकुर, अध्यक्ष व्यवस्थापन समितिका अध्यक्ष अनवर हासमी,स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश कुमार सिंह, मधेश प्रदेश एम एम एस स्कोरिङ टिमका पदाधिकारीहरू लगायत अस्पतालको सम्पूर्ण कर्मचारी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।

यस अघि गत फागुन ६ गते ८९ अंक ल्याएर प्रादेशिक अस्पताल गौर प्रदेशमा उत्कृष्ट तथा देशमै टप १० को सुचिमा परेको थियो।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार