अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ४, बुधबार १२:४५

रौतहटको कटहरिया नगरपालिकाको नगरसभा ११औं अधिवेसनले आर्थिक बर्ष २०८२/०८३ को लागि साढे ५४ करोड रुपैयाँको बजेट पारित गरेको छ।

सगरभाकाका अध्यक्षता गरेका मेयर अजय प्रकाश जैसवालले आगामी आ.व. २०८२/०८३ को लागि ५४ करोड २५ लाख ५२ हजार ४ सय ७५ रुपैयाँ प्रस्तुत गरेको छ । आन्तरिक आय बाट रू ४ करोड अनुमान गरिएको छ । त्यसै गरी नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट १० करोड १९ लाख, सशर्त अनुदानबाट २० करोड ३२ लाख ५० हजार ९ सय ५२ रुपैयाँ, राजश्व बाँडफाँटबाट १० करोड २८ लाख ५१ हजार ३ सय ५७ रुपैयाँ रहेको छ ।

त्यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरणबाट ६५ लाख राजस्व बाँडफाँटबाट ८ लाख ४८ हजार ५ सय रुपैयाँ, स्थानीय सरकार राजस्व बाँडफाँटबाट ८ करोड २८ लाख ८ सय ५४ रुपैयाँ गरी कुल आम्दानी ४९ करोड २७ लाख ६५ हजार ९ सय ५७ रुपैयाँमध्ये व्यय तर्फ कुल चालु खर्च ३५ करोड १३ लाख २६ हजार ९ सय ५ रुपैयाँ र पुँजीगत खर्च रू. १४ करोड १४ लाख ३९ हजार ५२ रुपैयाँ गरी कुल खर्च ४९ करोड २७ लाख ६५ हजार ५७ रुपैयाँ हुने अनुमान गरिएको प्रमुख प्रशासकीय अधिकृत बिर बहादुर साह लहेराले सार्वजनिक गरेका थिए ।

प्रस्तुत बजेटमावशिक्षा, स्वास्थ, खानेपानी तथा सरसफाई, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, पूर्वाधार तथा सहरी विकास सम्बन्धी नीति, सिंचाई, बिपद व्यवस्थापन, वातावरण सम्बन्धी नीति, प्राथमिकतामा राखिएको छ । कृषिलाई यान्त्रिकरण गर्ने तर्फ आवश्यक कार्यक्रम तथा बजेटको व्यवस्था गरिनेछ ।

व्यवसायिक कृषि खेतीका लागि आवश्यक तालिम कार्यक्रमहरू संचालन गरिनेछ । तरकारी, फलफूलका बीउ तथा विरुवा निःशुल्क तथा किसानको लागत सहभागितामा वितरण गरि व्यावसायिकता दिलाइनेछ । कृषिजन्य खेतीमा सिंचाइ सुविधाको लागि सवै वडाहरूमा डिप बोरिङ जडान गरि कुलो तथा पम्पसेट तथा साना सिंचाइ कार्यक्रम संचालन गरिनेछ ।

कृषिजन्य जमिनको माटोको उर्बर शक्ति मापनका लागि माटो परीक्षण शिविर संचालन गरिनेछ । तरकारी, फलफूल, दुध, अन्न, मासु, माछा आदि जत्ता उत्पादकको बजार सुनिश्चितता र सहज आर्थिक क्रियाकलापका लागि सरकारी, सहकारी, र निजी संघ संस्थाको सहकार्यमा उत्पादन केन्द्रबाट उपभोक्ता सम्म सुलभ मूल्यमा बिक्री व्यवस्थापन सम्बन्धी उपकरण र प्रविधि संयोजन विकास गरिनेछ ।

सहकारी खेती र करार खेती र सहकारी करार खेती प्रणालीमार्फत कृषि उत्पादनको आन्तरिक र बाह्य बजार बिक्री व्यवस्थापनका लागि सहजिकरण गरिनेछ । कृषिमा आधुनिकीकरणका लागि मोबाइल एप्सबाट जानकारी प्राप्त गर्न सकिने एप्स को विकास गरिने उल्लेख गरिएको छ।

नगरसभाका प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति रामअयोध्या यादवले जनमुखी काम गर्न सुझाव दिएका थिए। कार्यक्रममा उपमेयर रिता देवी यादवले स्वागत मन्तब्य राखेका थिए भने बिभिन्न वक्ताहरुले नगरसभा उदघाटनसत्रको सफलताको शुभकामना दिएका थिए। कार्यक्रममा केही असन्तुष्ट वडा अध्यक्षहरु अनुपस्थित रहेका थिए। नगर कार्यपालिका सदस्य मनोज कुमार जैसवालले मेयरको पक्षमा बहुमत रहेको दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार