अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ४, बुधबार १२:४३

सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा मंगलबार सञ्चालन भएको एलएलबी (ब्याचलर अफ लेजिस्लेटिभ ल) को प्रवेश परीक्षामा झन्डै ६० जना परीक्षार्थी कारबाहीमा परेका छन्।

क्याम्पस प्रमुख सुशील कर्णले दिएको जानकारी अनुसार काठमाडौंबाट खटिएर आएको विशेष टोलीले ती परीक्षार्थीलाई परीक्षा हलबाट निकालेको हो। उनीहरू सबैको प्रवेश (इन्ट्रान्स) परीक्षा रद्द भएको छ।

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा कानुन संकायको स्नातक तहमा तीन सय जना विद्यार्थीका लागि मंगलबार प्रवेश परीक्षा लिइएको थियो।

तीन सय जनाको सिटका लागि देशभरका ८७२ जना परीक्षार्थी सहभागी थिए।

‘तीमध्ये कोही मोबाइल चलाइरहेको अवस्थामा, कोही अनियमित अवस्थामा फेला परेपछि काठमाडौंबाट आएको टोलीले कारबाही गरेको हो,’ क्याम्पस प्रमुख कर्णले भने, ‘संख्या चाहिँ ५९ हो कि ६० हो। यही हाराहारीमा हुनुपर्छ।’

देशका विभिन्न भागबाट आएका विद्यार्थीहरू कारबाहीमा परेको उनले जानकारी दिए।

क्याम्पस प्रमुख कर्णले दिएको जानकारी अनुसार प्रवेश परीक्षा एक घन्टा ४० मिनेटको थियो। बिहान ८ बजे परीक्षा सुरू भएको थियो। परीक्षा सुरू भएको केहीबेरमै उनीहरू निरीक्षण टोलीको फन्दामा परेका थिए।

कानुन संकायको स्नातक पढ्न अहिले अर्को कुनै विषयमा स्नातक गरेको हुनुपर्ने प्रावधान छ। राजविराजको यो क्याम्पस कानुन पढ्न चाहने विद्यार्थीका लागि आकर्षणको केन्द्र बन्दै आएको छ।

यो क्याम्पसमा कानुनका अलावा मानविकी, विज्ञान, वाणिज्यशास्त्र र शिक्षाशास्त्रको पनि पठनपाठन हुन्छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार