अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ३, मंगलवार १६:०८

भारतीय जनता पार्टी भाजपाका सांसद डा. निशिकान्त दुबेले नेपालको हिन्दू राष्ट्रको पहिचान मेटिनुको दोष भारतीय कांग्रेसको परिवारवादी विदेश नीतिलाई दिएका छन् ।

सामाजिक सञ्जाल एक्समा आफ्नो धारणा सार्वजनिक गर्दै दुबेले ऐतिहासिक घटनाक्रमको सिलसिलामा कांग्रेसले खेलेको भूमिकाको असर भारत तथा नेपाल दुबैले ब्यहोर्नु परेको बताएका छन् ।

उनका अनुसार सन् १९८८ मा तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धी नेपालको भ्रमणमा गएका थिए । उनले पशुपतिनाथ मन्दिर दर्शन गर्न चाहेका थिए, तर मन्दिर प्रशासनले गैर–हिन्दूलाई प्रवेश निषेध गर्ने नीतिअनुसार अनुमति दिएको थिएन र त्यसपछि भारतले नेपालमा पठाइने सामग्रीहरूमा सीमा शुल्क बढाएर आर्थिक दबाब सिर्जना गर्‍यो ।

दुबेका अनुसार उक्त दबाबपछि नेपालका तत्कालीन राजा वीरेन्द्रले युद्धको सम्भावनालाई ध्यानमा राख्दै चीनसँग हतियार र खाद्यान्न आपूर्तिका लागि समझौता गरेका थिए । यसको प्रतिक्रियास्वरूप भारतले सन् १९८९ मा नेपालमाथि औपचारिक आर्थिक नाकाबन्दी गर्‍यो ।

उनको दाबी अनुसार त्यसपछि भारतीय गुप्तचर संस्था रअका अधिकारी अमर भूषणलाई नेपालमा सक्रिय गराई राजा वीरेन्द्रलाई हटाउने र चीन समर्थित माओवादी नेता प्रचण्डलाई सत्तामा ल्याउने रणनीति अघि बढाइएको थियो । सोही प्रक्रियाबाट नेपाल हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्रमा परिणत भएको उनले उल्लेख गरेका छन् ।

उनले भारतीय कांग्रेसले धार्मिक मूल्यमान्यता र छिमेकी राष्ट्रहरूको संवेदनशीलता नबुझी अहङ्कारी र वंशवादी नीति अपनाएको कारण नेपालजस्तो ऐतिहासिक हिन्दू राष्ट्रले आफ्नो पहिचान गुमाउनु परेको हो । उक्त अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जाल एक्समा यसबारे चर्को बहस शुरु भएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार