अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ३, मंगलवार १४:०२

जनकपुरधाम ।
मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतवार अर्थमन्त्री सुनिलकुमार यादवले सार्वजनिक गरेको बजेटमा सरकारको प्राथमिकता शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासमा केन्द्रित देखिएको छ ।
गत वर्षको ४३ अर्ब ८९ करोड रुपैयाँको तुलनामा यो वर्ष सरकारको बजेट २ अर्ब बढी रुपैयाँले वृद्धि भएको छ । बढेको बजेटसँगै खर्चमा अनुशासन र प्रभावकारिता कायम गर्न सरकारले सात मन्त्रालयको बजेट घटाएको छ ।
बजेट घटेका मन्त्रालयहरू
खेलकुद तथा समाजकल्याण मन्त्रालय, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, गृह मन्त्रालय, सञ्चार तथा कानुन मन्त्रालय तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बजेटमा कमी ल्याइएको छ ।
बजेट वृद्धि हुने मन्त्रालयहरू
भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, कृषि तथा सहकारी मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय, र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट बढाइएको छ ।
सरकारले शिक्षा, स्वास्थ्य, कृषिमा लगानी बढाएर प्रदेशको सामाजिक तथा आर्थिक रुपान्तरणमा योगदान पु¥याउने लक्ष्य राखेको छ । पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर रोजगारी सिर्जना, बजार पहुँच, तथा सेवा प्रवाहलाई सुदृढ बनाउने रणनीति बजेटबाट प्रष्ट देखिएको छ ।
अर्थमन्त्री यादवले बजेट प्रस्तुत गर्दै भने, ‘हामीले सीमित स्रोतसाधनबीच पनि जनताको आवश्यकता र प्रदेशको प्राथमिकतालाई ध्यानमा राखी बजेट बनाएका छौँ । कार्यान्वयनमा परिणाममुखी दृष्टिकोण अवलम्बन गरिनेछ ।’

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार