अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २, सोमबार १६:४८

इजरायल र इरानबीचको युद्ध चौथो दिनमा प्रवेश गरेको छ।

इजरायलले शुक्रबार इरानी आणविक केन्द्र, सैन्य अखडा र बस्तीमा आक्रमण गरेर लडाइँको सुरुवात गरेको थियो। इरानले ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रद्वारा जवाफ दिएको थियो।

युद्ध चौथो दिनमा प्रवेश गर्दा २२४ इरानीले ज्यान गुमाएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसमध्ये पहिलो दिन १२८ जना मारिएका थिए। जसमा इरानी सेनाको नेतृत्वदायी टोलीदेखि आणविक वैज्ञानिक र सर्वसाधारणसम्म छन्।

१ हजार २७७ जना घाइते भएको इरानको भनाइ छ।

इजरायलतर्फ भने मारिनेको संख्या २४ पुगेको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। स्वस्थ्य अधिकारीहरूले ३०० जना अस्पतालमा रहेको बताएका छन्। पछिल्लो आक्रमणमा आठ जना मारिएका छन्।

इजरायलको हवाइ प्रतिरक्षा प्रणाली बलियो मानिँदै आएको थियो। तर, इरानी क्षेप्यास्त्रहरूले तिनलाई पार गरेर तेल अभिभ, हाइफाजस्ता सहरमा ठूलो क्षति पुर्‍याएका छन्। यसबाट इजरायली आम मानिस चकित देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सरकारी अधिकारीहरूले भने प्रतिरक्षा प्रणालीले राम्रो काम गरिरहेको तर कुनै पनि प्रणालीले सत प्रतिशत क्षेप्यास्त्र रोक्न नसक्ने बताइरहेका छन्।

इजरायलले इरानी राजधानी तेहरानको आकाशमा कारबाहीको पूर्ण नियन्त्रण कायम गरेको दाबी गरेको छ।

इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गर्ने इजरायली प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खारेज गरेको अमेरिकी अधिकारीहरूले बताएका छन्। ट्रम्पले इजरायल र इरानलाई संवादमा जुट्न आग्रह गरेका छन्।

तर, इरानी अधिकारीहरूले इजरायली आक्रमण जारी रहँदा वार्ता सम्भव नभएको जवाफ दिएका छन्।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार