अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २, सोमबार १५:१८

जनकपुरधाम ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वीरगञ्जस्थित सानोपाइला सहकारीबाट सदस्यता लिएपछि भोलिपल्टै डेढ करोड रुपैयाँ ऋण लिएको तथ्य बाहिरिएको छ ।
पर्सा जिल्ला सरकारी वकिलको कार्यालयले पर्सा जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रअनुसार, लामिछानेले २०७८ साउन १८ गते सहकारीको सदस्यता लिएको भोलिपल्ट, साउन १९ गते, १२ प्रतिशत ब्याजदरमा चार वर्षको अवधिका लागि डेढ करोड ऋण लिएको उल्लेख गरिएको छ । कर्जा फारममा लामिछानेले बागमती प्रदेशको ठेगाना, हकदारका रूपमा निकिता पौडेल र बुवाको नाममा लालचन्द्र लामिछाने उल्लेख गरेका थिए ।
स्रोतका अनुसार, उनले सहकारीमा १ लाख रुपैयाँको शेयर समेत खरिद गरेका थिए । त्यसपछि कर्जा रकम गोर्खा मिडिया नेटवर्कको खातामा जम्मा भएको देखिएको छ । त्यसैगरि, ग्लोबल आइएमई बैंकको लामिछानेको खातामा साउन २९ गते १ करोड ४७ लाख ४८ हजार रुपैयाँ जम्मा भएको प्रमाण भेटिएको अभियोगपत्रमा उल्लेख छ ।
यसअघि प्रहरीसमक्षको बयानमा लामिछानेले कुनै कर्जा वा शेयर लिएको अस्वीकार गर्दै सबै वित्तीय व्यवस्थापन जीबी राईले गर्ने गरेको दाबी गरेका थिए । तर सरकारी वकिलको कार्यालयले उनका ती दाबीलाई खण्डन गर्दै अनुसन्धानबाट पाँचवटा महत्वपूर्ण प्रमाण फेला परेको जनाएको छ ।
अभियोगपत्रमा गोर्खा मिडिया नेटवर्कको खाताबाट सानोपाइला सहकारीको कर्जा रकममध्ये १० करोड ६ लाख रुपैयाँ लगानी भएको देखिएको छ । तीमध्ये १ करोड ४७ लाख लामिछानेको नाममा, र ३ करोड २ लाख जीबी राई तथा छविलाल जोशीसँग संयुक्त रूपमा खर्च गरिएको विवरण उल्लेख छ ।
लामिछाने गोर्खा मिडियाका सञ्चालक, प्रबन्ध निर्देशक तथा शेयर सदस्य रहँदा १० करोडभन्दा बढी रकम अपचलन भएको र कुल बिगो ११ करोड ५६ लाख रहेको अभियोगपत्रमा दाबी गरिएको छ ।
उक्त मुद्दा आइतबार पर्सा जिल्ला अदालतमा दायर गरिएको हो। अभियोग पत्रमा लामिछानेको सदस्यता, कर्जा, चेक तथा बैंक कारोबारसम्बन्धी कागजातहरू प्रमाणका रूपमा संलग्न गरिएको छ ।
यस घटनाले लामिछानेको अघिल्लो इन्कारी बयानमाथि गम्भीर प्रश्न उठाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार