अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २, सोमबार १५:१५

काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबार पनि संसद् बैठक बहिष्कार गरेको छ भने रास्वपाले नाराबाजीलाई निरन्तरता दिएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै आएको राप्रपाले सोमबार पनि संसद् बैठक बहिष्कार गर्ने पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले सभामुख देवराज घिमिरेको भूमिकामाथि पनि प्रश्न उठाए । उनले भने, ‘हामीले निर्वाचन प्रणाली नै यस्तो बनायौँ, जुन निर्वाचन प्रणालीमा अपवादबाहेक बहुमत प्राप्त गर्न सक्दैनौँ । सबै विचारहरूले यहाँ उपस्थित हुन पाउने, एक सिट भएको पार्टीले पनि नेतृत्व गर्न पाउने व्यवस्था हो । यसकारण यो संसदमा एक सय सिट भएको पार्टी र एक सिट भएको पार्टीको पनि उत्तिकै मर्यादा र हैसियत हुन्छ,’ लिङ्देनको भनाइ छ ।
त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद सन्तोष परियारलाई बोल्न समय दिए । परियारले बोलेपछि रास्वपाका सांसदहरू बेल घेर्न पुगेर नाराबाजी गर्न सुरु गरे । राप्रपाको बहिस्कार र रास्वपाको नाराबाजीकाबिच बजेटमाथिको छलफल जारी छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार