अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २, सोमबार १४:५४

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार २, सोमबार) पनि सम्भावित बाढीबारे जानकारी दिँदै होसियारीका लागि चेतावनी जारी गरेको छ।

बाढी महाशाखाका अनुसार आज पूर्वदेखि पश्चिमसम्म ३७ जिल्ला र आसपासका जिल्लमा बाढीको जोखिम छ।

बाढी महाशाखाले सूचनामा भनेको छ : आज इलाम, धनकुटा, तेहथुम, ओखलढुंगा, भोजपुर, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, काभ्रे, मकवानपुर, सल्यान, गोरखा, तनहुँ, स्याङजा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, जाजरकोट, बैतडी, दार्चुला, बझाङ, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर, बाँके, दाङ, रुकुमपश्चिम, रुकुमपूर्व, रुपन्देही, प्युठान र आसपासका जिल्ला मई वहने अधिकांश ससाना नदीमा बहाब सामान्य बढ्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनहुन अनुरोध छ।

यीमध्ये १४ जिल्लाका लागि भने बाढी महाशाखाले पहेँलो रङ अर्थात् एल्लो वारेन्ट दिएको छ। यो सूचीमा संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, स्याङजा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, डोटी र डडेलधुरा छन्।

बाढी महाशाखाका अनुसार आजसमेत ३ दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती, पश्चिम राप्ती कन्काई, कमला बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने अनुमान भए पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता आवश्यक छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार