अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार १, आईतवार १२:४६

नेपाल विद्युत् प्राधिकरणले बङ्गलादेशमा बिजुली निर्यात शुरु गरेको छ । अबको पाँच महिना अर्थात् आउँदो कात्तिक २९ सम्म हरेक दिन ४० मेगावाटका दरले बङ्गलादेशमा निर्यात गरिने प्राधिकरणले जनाएको छ ।

नेपालबाट भारतीय प्रसारणलाइन हुँदै बङ्गलादेश विद्युत् निर्यात गर्ने गरी २०८१ असोज १७ मा त्रिपक्षीय सम्झौता भएको थियो । शनिवार राति १२ बजेबाट बङ्गलादेशतर्फ विद्युत् निर्यात शुरु भएको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिनुभयो ।

नेपालबाट भारततर्फ भने यसअघिदेखि नै निर्यात शुरु भइसकेको छ । हिउँदमा नेपालमा विद्युत् कम उत्पादन हुने भएपछि बर्खामा मात्रै निर्यात गर्ने सम्झौता छ । भारतीय प्रसारणलाइन हुँदै बङ्गलादेशमा नेपालले विद्युत् निर्यात गर्ने सम्झौता पत्रको अवधि पाँच वर्षको छ ।

नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच भएको सम्झौताअनुसार दैनिक ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गरिन्छ । त्यसबापत नेपालले प्रतियुनिट ६ दशमलव ४० सेन्ट पाउनेछ ।

प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनबाट भारतको मुजफ्फरपुर विन्दुसम्म विद्युत् पु¥याउनेछ । प्रसारणलाइन प्रयोग गर्न दिएबापत भारतले बङ्गलादेशबाट निश्चित शुल्क पाउनेछ । विद्युत् निर्यात गरेबापत पाँच महिनामा प्राधिकरणले ९४ लाख डलर आम्दानी गर्ने छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार