अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार १, आईतवार १२:३८

मनसुन सक्रिय भएसँगै देशका विभिन्न भागमा पानी पर्ने क्रम बढेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान पानी परेपछि धनकुटाको कोशी, सिन्धुलीको कमला र सप्तरीको खान्दो खोलाले सतर्कता तह पार गरेको छ ।

ती क्षेत्रमा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । साथै सप्तरीको रुपनी बजार क्षेत्रमा मध्यमदेखि ठूलो पानी परेको छ । रुपनी बजार क्षेत्र भएर बग्ने खान्दो खोलाको तटीय तथा डुवान भइरहने क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

धनकुटा, सिन्धुली, सप्तरीसहित आज विभिन्न १५ जिल्लामा बाढीको मध्यम जोखिम छ । बाढी पूर्वानुमान महाशाखाले धनकुटा, भोजपुर, उदयपुर, सिन्धुली, सप्तरी, खोटाङ, काभ्रे, लमजुङ, कास्की, पर्वत, बाग्लुङ्ग, कैलाली र कञ्चनपुरका जिल्लामा बाढीको मध्यम जोखिम रहेको जनाएको छ । त्यस्तै काठमाण्डौ उपत्यकाका ललितपुर र भक्तपुरमा पनि बाढीको मध्यम जोखिम छ ।

पूर्वी नेपालबाट गएको जेठ १५ मा प्रवेश गरेको मनसुन मध्य क्षेत्र हुँदै गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँसम्म पुगिसकेको छ । कोशीसहित मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा मनसुनी वायुको प्रभाव छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पश्चिम भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव छ । पछिल्लो दुई/तीन दिनयता पानी पर्ने क्रम केही बढेको छ । विशेषगरी मनसुन सक्रिय भएका क्षेत्रमा निरन्तरजसो पानी परेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार