अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ ३१, शनिबार १०:५१

जनकपुरधाम ।

जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित शहीद दुर्गानन्द झाको सालिकमा चप्पल प्रहार गरी त्यसको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिको नाम रतन महतो (उमेर ४४), निवासी जनकपुरधाम–२३ लादो गाउँ, रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार महतोले केही दिनअघि शहीद झाको सालिकमाथि चप्पल प्रहार गरी भिडियो बनाएका थिए र उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । यस कार्यप्रति सामाजिक सञ्जालमा व्यापक विरोध प्रकट गरिएको थियो । शहीद झाका अनुयायीहरू, स्थानीय संघसंस्था, युवा क्लबहरू तथा विभिन्न राजनीतिक दलहरूद्वारा दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरिएको थियो ।

घटनापछि जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा महतो जेठ २९ गते आफ्नै गाउँ लादोमा डुलिरहेको अवस्थामा पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेका महतोमाथि आवश्यक कानुनी कारबाही अगाडि बढाइएको र थप अनुसन्धान जारी रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार