अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ ३०, शुक्रबार १५:५७

सरकारद्वारा सुनमा लगाइएको विलासिता करको विरोधमा जनकपुरधामका सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी संघ धनुषा तथा जनकपुरधाम सुनचाँदी व्यवसायी संघको अगुवाइमा उनीहरुले नगरपरिक्रमा सहितको विरोध प्रदर्शन गर्दै आ–आफ्ना पसलको साँचो जिल्ला प्रशासन कार्यालय धनुषामा बुझाएर बिरोध जनाएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी संघ धनुषाका अध्यक्ष दीपेन्द्र ठाकुरले सरकारको निर्णय नसच्याएसम्म व्यवसाय बन्द राख्ने कार्यक्रम रहेको जनाउँदै भने, ‘विलासिता कर र गरगहनामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता नभएसम्म हामी आन्दोलनमा रहनेछौं ।’

जनकपुरधाम सुनचाँदी व्यवसायी संघका अध्यक्ष पवन ठाकुरले समेत सरकारको कर प्रणालीप्रति आपत्ति जनाउँदै भने, ‘सुनलाई कानूनी रूपमा चल सम्पत्ति मानेको अवस्थामा त्यसमा विलासिता कर लगाउनुको कुनै औचित्य छैन। यो कर व्यवसायीमाथि उठीवास गराउने प्रकृतिको छ ।’

व्यवसायीहरुले विलासिता कर तत्काल हटाउनुपर्ने, हिरा र जवाहरातमा लगाइएको भ्याट पुनर्विचार गर्नुपर्ने, र भन्सार शुल्क ६ प्रतिशत कायम गरिनुपर्ने माग अघि सारेका छन् । यी मागहरु सहित अहिले देशभरका सुनचाँदी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार