अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २९, बिहीबार १२:२९

काठमाडौं, २९ जेठ । प्रतिनिधिसभा बैठक बस्दैँछ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ः०० बजे बोलाइएको छ।

हिजोको प्रतिनिधिसभा बैठकलाई पनि प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टीलगायतले अबरोध गरे पछि आज सम्मका लागि सभामुख देवराज घिमिरेले स्थगित गरेका थिए ।

हिजो अपराह्न १ः०० बजे बस्ने गरी समय निर्धारण गरिए पनि ढिलो गरि दिउँसो ३ः१५ बजेवाट सुरू भएको बैठकलाई प्रतिपक्षले अबरोध गरेका थिए।

हिजोको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची थियो।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्ने कार्यसूची थियो।

 

प्रतिपक्षी दल लगायतको निरन्तर अवरोधका कारण संसदको बैठक जेठ १३ गते देखी नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन् । उनीहरूले भिजिट भिषा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा छानविन समिति बनाउनु पर्ने मुख्य माग राखिराखेका छन्। तर, सत्ता पक्षले भने अझै यसलाई स्विकार नगरे पछि संसद बैठक प्रभावित हुदैँ आएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार