अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २८, बुधबार १४:१५

देशभर केही दिनदेखि सताइरहेको अत्यधिक गर्मीबाट आजदेखि क्रमशः राहत मिल्ने मौसमविद्ले बताएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि देशका धेरैजसाे भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र तापक्रम घट्दै जाने छ ।

पछिल्लो केही दिनदेखि तराईलगायत देशका धेरैजसो ठाउँमा तापक्रम उच्च रहेकाले जनजीवन कष्टकर बनेको थियो । तर आजदेखि बादल लाग्ने र केही ठाउँमा वर्षाको सम्भावना रहेकाले गर्मीमा केही राहत महसूस हुने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

अहिले कोशी प्रदेशका धेरैजसो ठाउँमा मनसुन फैलिएको भए पनि त्यो अझै पूर्ण सक्रिय भएको छैन । महाशाखाले देशभर मनसुन फैलिन अझै ५ देखि ७ दिन लाग्न सक्ने अनुमान गरेको छ ।

अहिले कोशी प्रदेशमा पनि मनसुन शिथिल छ । बङ्गालको खाडीमा न्यून चापीय क्षेत्र बनेकाले कोशी प्रदेशमा आइसकेको मनसुन भने आज बेलुकादेखि नै सक्रिय बन्न थालेर बिस्तारै पश्चिमतर्फ सर्न थाल्नेछ ।

आइतवारदेखि पहाडी क्षेत्रमा रोपाइँका लागि वर्षा हुने पूर्वानुमान महाशाखाको छ । यसले किसानलाई राहत मिल्नेछ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने र विशेषगरी पहाडी तथा हिमाली भेगका केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार