अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २८, बुधबार १४:१३

काठमाडौं ।
नेकपा माओवादी केन्द्रले अब जतिपनि केन्द्रीय सदस्य बनाउन सक्ने भएको छ । गत जेठ १२ गते बसेको पदाधिकारी बैठकले यो निर्णय गरेको हो । त्यसपछि जेठ १९ गते पार्टीका केन्द्रीय सदस्यहरूलाई पठाइएको सर्कुलरमार्फत पार्टी एकीकरण वा समायोजनसम्बन्धी व्यवस्था निष्क्रिय बनाइएको छ ।
२०७९ फागुनमा काठमाडौंमा सम्पन्न माओवादी केन्द्रको विधान सम्मेलनले पार्टी एकता वा समायोजन हुँदा सम्बन्धित समितिको कुल सदस्य संख्याको १० प्रतिशतसम्म मात्र नयाँ सदस्य थप्न सकिने प्रावधान राखेको थियो । माओवादी केन्द्रमा हाल ४०८ जना केन्द्रीय सदस्य रहेका छन्। त्यसअनुसार, ४० जना भन्दा बढी थप्न सम्भव थिएन । तर, अब उक्त प्रावधानलाई निष्क्रिय पारिएपछि जतिपनि केन्द्रीय सदस्य थप्न सम्भव भएको छ ।
पार्टीले पटक–पटक थपेका केन्द्रीय सदस्यहरूको विवरण आफ्नो वेबसाइटमा अद्यावधिक नगरेकोले अहिले माओवादी केन्द्रमा कति जना केन्द्रीय सदस्य छन् भन्ने कुरा स्पष्ट छैन । पार्टी भित्रकै नेताहरूलाई समेत यकिन सङ्ख्या थाहा नभएको बताइएको छ ।
माओवादी केन्द्रको विधान सम्मेलनले ९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव पारित गरेको थियो । तर, पार्टीको आगामी महाधिवेशनसम्मका लागि अहिलेकै समिति यथावत् राख्ने र त्यसपछि निर्वाचनमार्फत नयाँ केन्द्रीय सदस्य चयन गर्ने निर्णय गरिएको छ । पार्टीले असारमा केन्द्रीय समिति बैठक र मंसिरमा महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार