अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २८, बुधबार १०:५१

एजेन्सी ।
अमेरिकामा आप्रवासीको प्रदर्शन बढ्दै गएको छ। लस एन्जलसबाट सुरु भएको प्रदर्शन न्युयोर्कमा पुगेको हो। लस एन्जलसमा भएको विरोध प्रदर्शनमा एकबद्धता जनाउँदै न्युयोर्कमा प्रदर्शन भएको हो । न्युयोर्कमा आइसिई कार्यालयकै अगाडि विरोध प्रदर्शन भएको छ । उनीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको मात्र विरोध गरेका छैनन्, न्यूयोर्क बाट आइसिई कार्यालय हट्नु पर्ने कुरा पनि उठाइ रहेका छन् ।
सान फ्रान्सिस्कोमा पनि प्रदर्शन भएको छ । सोही विरोध प्रदर्शनका कारण दिउँसो १ बजेको आसपासमा नै अदालत बन्द भएको छ। १०१ बाटाका लेनहरूलाई प्रदर्शनकारीले ठप्प पारेका छन् । यसरी यातायात रोकिएको यो तीन दिनमा दोस्रो पटक हो ।
अमेरिकाको लस एन्जलसमा आप्रवासी धरपकडको विरुद्धमा भएको प्रदर्शन नियन्त्रणमा लिन अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षा गार्ड र समुद्री सेना प्रयोग गरेपछि यसले क्यालिफोर्नियाका गभर्नर र लस एन्जलसका मेयरलाई रुष्ट बनाएको छ ।
मेयर कारेन बासले आफूहरूलाई थाहा नदिई यस किसिमको घटना भएकोमा आपत्ति जनाएकी हुन् । उनले रात पर्नु अघि नै कफ्र्युको घोषणा पनि हुन सक्ने कुरामा सबैलाई सचेत गराएकी छन् ।
प्रदर्शनलाई दमन नगर्नका लागि उनले प्रहरी प्रमुखसँग भेट गरेकी छिन् । गभर्नर गेभिन न्यूसमले त राष्ट्रपति ट्रम्पको विरुद्धमा मुद्दा नै दर्ता गरिसकेका छन् । त्यहाँको न्यायालयले धरपकड रोक्न गभर्नर न्युसमले गरेको निवेदनलाई अस्वीकार गरेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार