अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २७, मंगलवार १८:५०

इन्दीप कोइराला

काठमाण्डौं, २७ जेठ। बुढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८२र८३ का लागि “स्वच्छ, शान्त, समृद्ध र पर्यटकीय नगर” निर्माणको लक्ष्यसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

 

नगर प्रमुख मिठाराम अधिकारी, उप–प्रमुख अनिता लामा र प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाको संयुक्त नेतृत्वमा प्रस्तुत यो योजना नगरको समावेशी, उत्तरदायी र नागरिक–केन्द्रित शासन प्रणालीतर्फको स्पष्ट कदम हो।

 

नगरपालिकाको १६ औं नगरसभामा सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, पूर्वाधार, युवासशक्तीकरण, वातावरण संरक्षण र सामाजिक न्यायलाई प्राथमिकतामा राखिएको छ।

 

स्वास्थ्यः जेष्ठ नागरिकसम्म पुग्ने सेवा, मेयरसँग जेष्ठ नागरिक अभियान सुरु

 

नगर अस्पताललाई चौबीसै घण्टा सेवा दिने योग्य बनाउँदै विशेषज्ञ सेवा, सुरक्षित मातृत्व, नवजात शिशु, मानसिक स्वास्थ्य, अपांगता तथा जेष्ठ नागरिकका लागि घरमै सेवा र्पुयाउने योजनाहरू अघि सारिएका छन ।

 

स्वास्थ्य पहुँच अझ प्रभावकारी बनाउन ‘मेयरसँग जेष्ठ नागरिक’ नामक कार्यक्रम सञ्चालन गरिने बताईएको छ । नगर प्रमुख मिठाराम अधिकारी स्वयंले प्रत्येक वडाका जेष्ठ नागरिकसँग संवाद गर्दै उनीहरूको स्वास्थ्य र सामाजिक अवस्था बुझ्ने र आवश्यक सेवा सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन।

 

निःशुल्क क्यान्सर स्क्रिनिङ, पोषण सेवा, फारमेसीसँग सहकार्य, सामुदायिक स्वास्थ्य बीमा तथा डिजिटल हेल्थ प्रोफाइल निर्माण पनि योजनामा समावेश छ।

 

शिक्षाः गुणस्तरीय र समावेशी शिक्षाको आधार

 

शिक्षा क्षेत्रमा पूर्वाधार सुधार, डिजिटल माध्यमबाट पठनपाठन, प्रौढ साक्षरता, छात्रवृत्ति, शिक्षक तालिम र “एक वडा, एक पुस्तकालय” कार्यक्रम सञ्चालन गरिनेछ। ‘भर्चुअल कक्षा’ र ‘शिक्षक प्रोत्साहन कार्यक्रम’ जस्ता नवप्रवर्तनले सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने लक्ष्य लिएको छ।

उप–प्रमुख अनिता लामाले भनिन्, “शिक्षा नै सबै विकासको जरो हो। यसपालिको योजना त्यसैलाई मूर्त रुप दिनेछ।”

 

युवा, सीप र रोजगारः स्वदेशमै सम्भावना

‘स्वदेशमै बसौं, स्वदेशमै गरौं’ नारासहित नगरले युवाका लागि सीप विकास तालिम, स्टार्टअप फन्ड, इन्टर्नशिप, करियर परामर्श केन्द्र, व्यावसायिक तालिम र रोजगारी मेला सञ्चालन गर्ने योजना बनाएको छ।

 

प्रमुख प्रशासकीय अधिकृत अजय बर्ताैलाका अनुसार नगरभित्रै रोजगारी सिर्जना गरी वैदेशिक पलायन घटाउनु यो वर्षको मुख्य उद्देश्य हो।

पूर्वाधारः स्मार्ट नगरको जग निर्माण

सडक, नाला, ढल व्यवस्थापन, खानेपानी, हरियाली विस्तार र फोहोरमैला व्यवस्थापन योजनाहरू यस वर्ष प्राथमिकतामा छन।

प्रमुख प्रशासकीय अधिकृत बर्ताैलाले भने, “पूर्वाधारको विकाससँगै हामी सेवा प्रवाहमा डिजिटल रुपान्तरणको यात्रा पनि सुरु गर्दैछौं। नगर सूचना प्रणाली, मोबाइल एप्स, बजेट ट्र्याकिङजस्ता उपायहरू नागरिकको विश्वास जित्ने सशक्त माध्यम हुनेछन्।”

 

सामाजिक समावेशिताः समृद्धि सबैका लागि
महिला, दलित, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, द्वन्द्वपीडित र अल्पसंख्यक समुदायका लागि लक्षित कार्यक्रमहरू समावेश गरिएका छन्।

 

‘घरदैलो सेवा’, पोषणयुक्त खाजा वितरण

कानुनी सहायता, सुरक्षित आवास, आत्मरक्षा तालिम तथा स्वरोजगार अभिमुखी कार्यक्रमद्वारा नगरले सामाजिक न्याय र सम्मानजनक जीवनका आधार बनाउने प्रतिवद्धता जनाएको छ।

 

खेलकुद र संस्कृतिः शरीर र आत्माको विकास सँगै

खेलकुदको क्षेत्रमा ‘नगर शिल्ड’, ‘एक वडा एक खेलमैदान’, अपांगता मैत्री खेलकुद, प्रतिभावान खेलाडीको सम्मान, र नगरस्तरीय प्रतियोगिताहरूको आयोजना गरिनेछ।

 

साथै सांस्कृतिक सम्पदाको संरक्षण र स्थानीय कला–संस्कृति प्रवद्र्धन गर्ने कार्यक्रम पनि अघि सारिएको छ।

 

निष्कर्षः नीति अब व्यवहारमा झल्कियोस्

बुढानीलकण्ठ नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम विस्तृत, समावेशी र व्यवहारिक छ। नगर प्रमुख मिठाराम अधिकारी, उप–प्रमुख अनिता लामा र प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाको समन्वयात्मक नेतृत्वले योजना कार्यान्वयनमा गति दिने अपेक्षा गरिएका छन ।

यस पटकको कार्यक्रम केवल कागजमा सीमित नरही “आहा बुढानीलकण्ठ१” भन्ने अनुभूति नगरवासीका जीवनशैलीमा प्रत्यक्ष झल्किने गरी कार्यान्वयन हुनसक्यो भने, बुढानीलकण्ठ नगरपालिका देशभरिका पालिकाहरूका लागि नमूना स्थानीय सरकार बन्ने निश्चित देखिन्छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार