अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २७, मंगलवार १७:०५

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले मंगलबार नेदरल्याण्ड्ससँग खेल्दैछ।

स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेटमैदानमा हुने उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ। सिरिजका सुरूआती दुई खेलमा जितेको नेपाल आज तेस्रो जितको खोजीमा रहेको छ। पछिल्लो खेलमा नेपाल स्कटल्याण्डसँग दुई रनले पराजित भएको थियो। त्यसअघि नेपालले स्कटल्यान्डलाई एक र नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो।

यता नेदरल्यान्ड्स भने पहिलो जितको लक्ष्यमा रहेको छ। नेदरल्यान्ड्स स्कटल्यान्डसँग ४४ रनले पराजित भएको थियो। नेपाल १५ खेलमा १० अंकका साथ लिगको सातौं स्थानमा छ। नेदरल्याण्ड्स २२ खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ।

विभिन्न आठ  टोली सहभागी लिग–२ सन् २०२७ सम्म चल्नेछ। यस लिगको अन्तिममा शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ।

नेपाली टोलीमा कप्तान  रोहितकुमार पौडेल, उपकप्तान  दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अनिलकुमार शाह,  बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, नन्दन यादव, रिजन ढकाल र ललितनारायण राजवंशी छ्न।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार