अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २७, मंगलवार १७:०४

सन् २०२३ देखि जातीय तनावमा रहेको भारतको मनिपुर राज्यमा पुनः दंगा भड्किएपछि भारत सरकारले कर्फ्यु लगाउनुका साथै इन्टरनेट सेवा बन्द गरेको छ।

बेलायती समाचार संस्था बीबीसीका अनुसार, मेइतेइ समुदायका गुरिल्ला नेता असिम करन सिंहलाई मनिपुरको विमानस्थलबाट पक्राउ गरिएको थियो। उनीसहित पाँचजना शीर्ष नेताहरूको गिरफ्तारीपछि झनै तनाव चुलिएको जनाइएको छ।

पक्राउपछि विभिन्न स्थानमा प्रदर्शन चर्किएको र हिंसा सुरु भएको जनाउँदै प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

मनिपुर राज्यमा बहुसंख्यक हिन्दू मेइतेइ र अल्पसंख्यक इसाई कुकी समुदायबीच अधिकार बाँडफाँड र आरक्षणको विषयलाई लिएर लामो समयदेखि विवाद चलिरहेको छ।

मेइतेइ समुदायले कुकीलाई दिइएको आरक्षणप्रति असन्तुष्टि जनाउँदै आएको छ भने कुकी समुदायले आफूहरूको अधिकार सुनिश्चित भएको बताउँदै प्रतिवाद गरिरहेका छन्।

जातीय तनाव नियन्त्रणमा लिन भारत सरकारलाई हम्मेहम्मे परेको छ। अवस्था नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा बनाइएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार