अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २७, मंगलवार १६:५९

सप्तरीको राजविराज नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादवलाई पदभार ग्रहण गराउन खोज्दा झडप भएको छ ।

अहिले नगरपालिकाको कार्यालयमै कार्यवाहक मेयर इसरत परविन थुनिएकी हुन् । बाहिर आन्दोलन चर्काएपछि उनी करिब तीन घण्टादेखि बाहिर निस्किन सकेकी छैनन् । कार्यालयमा ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन भएका छन् ।

निलम्बित मेयर भीमराज यादवले भ्रष्टाचार भइरहेको भन्दै तीन दिनदेखि कार्यालयमा तालाबन्दी गरेका छन् । तर, ताला फोडेर उपमेयर परविनले निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवलाई पदभार ग्रहण गराउन खोज्दा झडप भएको बताइएको छ ।

यहाँका मेयर भीमराज स्थानीय  राज रंगशाला स्तरन्नोतिको भ्रष्टाचार मुद्दामा निलम्बित छन् ।

यादवका समर्थकले परविनलाई कोठामा थुनेका छन् । उनीहरूले बाहिर प्रदर्शनसमेत गरिरहेका छन् । प्रदर्शनकारीले कार्यालय भवनको अधिकांश सिसा फुटाएका छन् ।

प्रदर्शनकारीले नगरपालिकाका लेखापाल शत्रुधनलाल दास, स्वास्थ्यकर्मी सन्तोष दासलाई कुटपिट गरेका छन् । घाइते शत्रुधनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण साहको ठाउँमा शिक्षा शाखाका प्रमुख भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाइएपछि निलम्बित नगर मेयरले यादवले तालाबन्दी गरेका थिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार