अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २६, सोमबार १६:००

पर्साको वीरगञ्जमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

गण्डकबाट बसपार्क तर्फ जाँदै गरेको बीआर ५५ बी ९१०४ नम्बरको भारतीय कार आइतबार पिपरास्थित रेनुका पेट्रोल पम्प नजिकै अनियन्त्रित भई सडक खण्डको बीचमा रहेको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको पर्सा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक सुवा भट्टले दिएको जानकारी अनुसार दुर्घटनामा परि करिब ३० वर्षीय बिटु सर्राफको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते हुनेमा कार चालक भारत, बेतिया नरकटियागञ्ज निवासी करिब ४० वर्षीय गणेश सर्राफ त्यसैगरी, सोही स्थानका २० वर्षीय रतन सर्राफ र अर्को एक २१ वर्षीय बिटु सर्राफ रहेको प्रहरीले जनाएको छ । वीरगञ्जमा कार दुर्घटनामा घाइते भएकाको बारास्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घटनास्थलबाट दुर्घटनाग्रस्त कार नियन्त्रणमा लिएको र घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार