अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २६, सोमबार १४:३०

एजेन्सी ।
सोमबार बिहान मुम्बईको ठाणे जिल्लास्थित मुम्ब्रा रेलवे स्टेसननजिकै चलिरहेको लोकल ट्रेनबाट करिब १० जना यात्रु खसेका छन ।
दुर्घटनामा १ जनाको मृत्यु भएको ९ यात्रु जना घाइते भएको जानकारी ठाणे महानगरपालिकाले दिएको छ । यो दुर्घटना सोमबार बिहान ९ः२० बजेतिर भएको हो । कसराबाट सीएसएमटी जाँदै गरेको फास्ट लोकल ट्रेनबाट यात्रु खसेका हुन् ।
मध्य रेलवेका सीपीआरओ स्वप्निल धनराज निलाका अनुसार ठाणेको मुम्ब्रा र दिवाबीच गुडिरहेको लोकल ट्रेनबाट यात्रु खसेका हुन् । सबै घाइतेलाई अस्पताल भर्ना गरिएको छ । सीपीआरओ स्वप्निलले दुर्घटना मुम्ब्रा र दिवा रेलवे स्टेसनबीचको डाउन÷फास्ट लाइनमा भएको बताए ।
उनले भने, ‘एउटा रेल कसरा तर्फ र अर्को सीएसएमटी तर्फ गइरहेको खबर आएको थियो । दुवै रेलका केही यात्रु फुटबोर्डमा उभिरहेका थिए र दुई रेल एकअर्कासँग ठोकिँलदा केही मानिसहरू तल खसे ।’
सीपीआरओलेले यो दुई रेल ठोकिएको नभई फुटबोर्डमा यात्रा गर्ने यात्रुहरू एकअर्कासँग अल्झिएको बताएका छन् । उनले भने, ‘सामान्यतया दुई रेलबीच १.५ देखि २ मिटरको दूरी हुन्छ, तर जब रेल मोडमा हुन्छ, यो थोरै ढल्किन्छ । यो दुर्घटना यही झुकावका कारण भएको हुन सक्छ ।’

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार