अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २६, सोमबार १०:१०

पानी पर्न कम भएसँगै देशैभर गर्मी बढेको छ । आज र भोलि गर्मी अझै बढ्ने अनुमान रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज सबैभन्दा धेरै धनगढीको तापक्रम ३७ देखि ३९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

मौसमविद हरिप्रसाद दाहालका अनुसार केही दिनदेखि मनसुन कोशी प्रदेशमै अड्किएकाले देशभर मनसुनी वर्षा हुन सकेको छैन । गएको १४ गते कोशी प्रदेशबाट मनसुन भित्रिएको हो । मनसुन भित्रिएसँगै ठूलो पानी परे पनि त्यसपछि पानी नपर्दा तापक्रम बढीरहेको छ । यो हप्ताभित्र मनसुन देशभर फैलिन सक्ने मौसमविद् दाहालले बताउनुभयो ।

अर्का मौसमविद् विनोद पोख्रेलका अनुसार पर्सि बुधवारदेखि केही ठाउँमा हल्का पानी पर्ने र बिहीवारदेखि उल्लेख्य वर्षाको सम्भावना छ । पर्सि बुधवारदेखि तापक्रम घट्दै जाने र वर्षा बढ्दै जाने उहाँको भनाइ छ । अहिले देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका धेरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी प्रदेशका थोरै ठाउँहरू तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा र उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँ हिमपातको पनि  सम्भावना छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार