अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २५, आईतवार १७:३२

एजेन्सी ।
मणिपुरको राजधानी इम्फालका केही भागमा विरोध प्रदर्शन भएपछि शनिबार रातिदेखि आगामी पाँच दिनका लागि राज्यका पाँच जिल्लामा इन्टरनेट सेवा बन्द गरिएको छ । साथै, प्रहरीले चार जिल्लामा धारा १६३ लागू गरेको छ र सार्वजनिक स्थानमा भेला हुन र विरोध प्रदर्शन गर्न प्रतिबन्ध लगाएको छ । एउटा जिल्लामा कफ्र्यू समेत लगाइएको छ ।
शनिबार राति, मेइतेई संगठनका एक नेतालाई कथित रूपमा हिरासतमा लिइएको रिपोर्ट आएको थियो, त्यसपछि यहाँ विरोध प्रदर्शन सुरु भयो । यी विरोध प्रदर्शनहरू क्वाकेइथेल र उरिपोकमा भएका थिए । प्रदर्शनकारीहरूले आगजनी गरेको पनि रिपोर्टहरू छन् ।
यद्यपि, पक्राउ परेका कथित नेताको नाम वा उनीमाथि लगाइएको आरोपको बारेमा अहिलेसम्म कुनै आधिकारिक जानकारी दिइएको छैन । ‘केही मानिसहरूले सडकमा टायर र फर्निचर जलाएपछि स्थिति नियन्त्रणमा ल्याउन क्वाकेइथेल र उरिपोकमा थप सुरक्षा बलहरू तैनाथ गरिएको छ,’ एक अधिकारीले समाचार एजेन्सी पीटीआईलाई बताए ।
मणिपुर प्रहरीले सामाजिक सञ्जालमा एक पोस्ट मार्फत राज्यका चार जिल्लामा निषेधाज्ञा लागू गरिएको जानकारी पनि दिएको छ । मणिपुर प्रहरीका अनुसार, ‘भारतीय नागरिक रक्षा संहिताको धारा १६३ इम्फाल पश्चिम, इम्फाल पूर्व, थौबल र काक्चिङ जिल्लाहरूमा लागू गरिएको छ ।’
यस अन्तर्गत, कुनै पनि सार्वजनिक स्थानमा पाँच वा सोभन्दा बढी व्यक्तिहरूको भेला र प्रदर्शन निषेध गरिएको छ । यसैबिच, विष्णुपुर जिल्लामा जुन ७ मा राति ११ बजेदेखि कफ्र्यू लगाइएको छ, जुन अर्को आदेश नभएसम्म लागू रहनेछ। सार्वजनिक शान्ति र कानून व्यवस्था बिग्रने र जीवन र सम्पत्तिको क्षति हुने सम्भावनालाई ध्यानमा राख्दै सावधानीका रूपमा यी कदमहरू चालिएको आदेशमा भनिएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार मणिपुर सरकारले एक आधिकारिक विज्ञप्तिमा शनिबार राति ११स्४५ बजेदेखि आगामी पाँच दिनका लागि पाँच जिल्लामा इन्टरनेट सेवा बन्द गरिएको छ । इन्टरनेट सेवा बन्द गरिएका जिल्लाहरूमा इम्फाल पश्चिम, इम्फाल पूर्व, थौबल, विष्णुपुर र काक्चिङ पर्छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार