अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २५, आईतवार १५:१३

काठमाडौं, २५ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल खेलकुद् र पर्यटनको उर्वर भूमि भएको र नेपालमा सबैखाले दौडको सम्भावना रहेको बताएका छन्।

 

विश्व म्याराथनको साझा संस्था एसोेसिएसन अफ इन्टरनेशनल म्याराथन डिस्टेन्स रेस (एम्स) म्याराथनका पदाधिकारीहरूसँग आईतबार शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन ।

 

“सगरमाथाको काखमा साहसिक अल्ट्रा म्याराथनदेखि पश्चिम तराईको नेपालगञ्जसम्म लामो दूरीका दौडहरू सफलतापूर्वक भइरहेका छन्, हाम्रो भौगोलिक विविधता सुहाउँदा दौडले पक्कै पनि खेल पर्यटनमा नयाँ सम्भावनाको ढोका खोल्नसक्छ भन्ने मेरो विश्वास छ, यसमा एम्सजस्ता अन्तर्राष्ट्रिय छाता संगठनहरूले प्रोत्साहन गरुन् भन्ने हाम्रो अपेक्षा छ”, उनले भने ।

 

उनले विश्व शान्ति, भाइचारा र सद्भावका लागि खेलको ठूलो महत्व रहेको बताए ।  “त्यसमा पनि दौड संस्कृतिले स्वस्थ, स्वस्थ प्रतिस्पर्धा र समुन्नत समाजको निर्माणमा मद्दत पुग्दछ भन्ने मेरो विश्वास छ”, राष्ट्रपति पौडेलले भने ।

नेपालले पनि खेलकुद्को विकासका लागि प्रयत्न गरिरहेको र सरकारले खेलकुदमा वर्षेनी लगानी बढाइरहेको बताउँदै उहाँले निजी क्षेत्रबाट पनि  खेलकुदमा आकर्षण बढ्दै गएकोसमेत बताए ।

 

उनले एम्सको बोर्ड बैठकका लागि नेपाललाई छनौट भएकोमा धन्यवाद दिए । साथै, खेलकुद् र पर्यटनलाई जोड्नेगरी नेपाल हेरिटेज रन काठमाडौँ २५ के रेस शुभारम्भ भएको थाहा पाउँदा आफूलाई खुसी लागेको राष्ट्रपति पौडेलको भनाई थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार