अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २५, आईतवार १२:५१

सप्तकोशी नदीमा डुबेर बेपत्ता भएका सशस्त्र प्रहरी बलका गोताखोर सुरज साउदको शव फेला परेको छ ।

कुरिनटारबाट गएका अनुभवी गोताखोर प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तम भण्डारीको टोलीले कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिकबाट शव निकालेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

साउद नम्बर १३ गण पर्सा दरबन्दी भई नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत हुनुहुन्थ्यो ।

नदीमा शनिवार प्रदेशस्तरीय विपद् पूर्वतयारीका कार्यक्रम गर्ने तय भएपछि अभ्यास गरिरहेका बेला साउद र नम्बर १ श्रीअन्तु गण इलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत हरदेव राजवंशी ब्यारेजको ढोका नम्बर ५५ र ५६ देखि उत्तरतर्फ पानीको भूमरीमा फसेर बेपत्ता भएका थिए । राजवंशीको शव यसअघि नै भेटिएको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार