अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २४, शनिबार ११:४६

जनकपुरधाम ।
मधेस प्रदेश सरकारको नेतृत्वमाथि नेपाली कांग्रेसका शीर्ष नेताहरूले निरन्तर रुपमा दावी गर्दै आईरहेका छन् ।
शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाले जनकपुरस्थित पार्टीको प्रदेश कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै भने, ‘अब मधेस प्रदेशको सरकार कांग्रेसकै नेतृत्वमा बन्ने पक्का भएको छ ।’ उनले आलोपालो सरकार सञ्चालनको सहमति अनुसार अबको पालो कांग्रेसको भएको दाबी गरे ।
यसअघि गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकले पनि मधेस प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने स्पष्ट संकेत दिएका थिए । उनले भनेका थिए, ‘सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको हो, अबको पालो हाम्रो हो ।’
त्यस्तै, महासचिव विश्वप्रकाश शर्माले पनि मधेस प्रदेशको वर्तमान सरकार जनअपेक्षा अनुसार काम गर्न नसकेको र अब विकल्पको खोजी गर्नुपर्ने धारणा राखेका थिए ।
यसैबीच, जनमत पार्टी स्रोतका अनुसार पार्टी अध्यक्ष डा. सिके राउतले मुख्यमन्त्री सतिश सिंहलाई जुनसुकै बेला सरकार छाड्नुपर्ने अवस्था आउन सक्ने भन्दै तयार रहन निर्देशन दिइसकेको जनाइएको छ । सम्भवतः प्रदेशको आगामी बजेट प्रस्तुत गरेपछि मुख्यमन्त्री सिंहले राजीनामा दिनसक्ने संकेत देखिएको छ ।
जनमत पार्टीको नेतृत्वमा बनेको सरकारले जेठ २५ गते एक वर्ष पूरा गर्दैछ । कांग्रेसले यही सहमति देखाउँदै अब सत्ता हस्तान्तरण हुनुपर्ने माग गरिरहेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार