अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २४, शनिबार ११:४५

काठमाडौं – एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरियाले उम्मेदवारी दिने तयारी गरेका छन्।

२५ जेठमा हुने २४ औं महाधिवेशनमा उनले उम्मेदवारी दिने तयारी गरेका हुन्। उनी हाल अनेरास्ववियुको संगठनको सचिव छन्।

आफूले अनेरास्ववियुभित्रका गतिविधिमा सक्रियता जनाएको, संगठनमा सक्रिय रहेको, उपचार क्षेत्रमा सहज सेवा प्रदान गरेको, गाउँ-गाउँमा पुगेर उपचार सेवा दिएको लगायत योगदानका कारण आफू आगामी नेतृत्वका लागि योग्य उम्मेदवार भएको उनले बताए।

आफू फरक विधामा कार्यरत रहेकाले पनि संगठनले आफूलाई टिकट दिनेमा उनी ढुक्क छन्।

२०७३ सालमा नवीना लामा संगठनको अध्यक्ष हुँदा उनी काठमाडाैं विश्वविद्यालय अनेरास्ववियुको विद्यार्थी कल्याण परिषद्को संस्थापक अध्यक्ष थिए।

यसैगरी, डा. कडरियाले चिकित्सा क्षेत्रमा भएको भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आइरहेका छन्। उनीसँग नेसनल मेडिकल स्टुडेन्ट्स एसाेसिएसनका संस्थापक अध्यक्षको रूपमा काम गरेको अनुभवसमेत छ।

उनले २०७२ को महाभूकम्पकाे समयमा सिन्धुपाल्चोकमा स्वयंसेवक भएर काम गरेका थिए। यसैगरी कोरोना महामारीको समयमा पनि धुलिखेल अस्पतालमा अहोरात्र खटिएका थिए।

कोरोना महामारीकै बेला उनले रामेछापमा पुगेर दुई हजार सात सय बिरामीको उपचारसमेत गरेका थिए। जाजरकोटमा भूकम्प गएको बेला पनि उनी एक महिनासम्म उपचार र उद्धारमा खटिएका थिए।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार