अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २३, शुक्रबार १६:१६

बारा, २३ जेठ। जिल्ला प्रहरी कार्यालय बारा र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले कलैया उपमहानगरपालिका– ६ हनुमान चोकबाट लागुऔषध सहित ४ जना युवकलाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा बिहिवार साँझ एकआपसमा लेनदेन गर्दै गरेको अवस्थामा प्रतिबन्धित लागू औषध नाईट्रोभेट ट्याब्लेटसहित ४ जना युवकलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही प्रकृया अगाडी बढाईएको हो।

पक्राउ पर्नेमा कलैया उप-महानगरपालिका– ४ बस्ने वर्ष २६ को मुकेश साह कलवार ,वडा ९ रामपुर बस्ने वर्ष २० को सुमन चौहान सोही ठाउँ बस्ने वर्ष २४ को प्रदिप कुमार साह र वडा २७ बस्ने वर्ष १९ को धिरेन्द्र कुशवाहा रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले न्युज कारखानालाई बताए ।

उनीहरूको साथबाट प्रतिबन्धित लागू औषध नाईट्रोभेट १० लेखिएको ३५ पत्ता १ हजार ३५ ट्याबलट बरामद गरिएको डिएसपी पण्डितले जानकारी दिएका छन्। उनीहरूमाथि लागुऔषध सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत बाराबाट म्याद थमाई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराको सूचनामा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार