अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २३, शुक्रबार १४:१०

जनकपुरधाम ।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मधेस प्रदेशको नाम जनक प्रदेश वा जानकी प्रदेश भएको भए राम्रो हुन्थ्यो बताएका छन् ।
मैथिली विकास कोषको नवनिर्मित भवनको उद्घाटन गर्दै देउवाले जनकपुरधामको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक विशेषता उल्लेख गर्दै यस्तो प्रतिक्रिया दिएका छन् । उनले भने, ‘जनकपुरधाम सीताको जन्मस्थल मात्र होइन, सीतारामको विवाहस्थलसमेत हो । यसले नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउँदै आएको छ । प्रदेशको नाम यदि जनक वा जानकी प्रदेश राखिएको भए उपयुक्त हुने थियो मैले भनेकै हो ।’
प्रदेशको नामाकरण भएको तीन वर्षपछि देउवाले सार्वजनिक रुपमा प्रतिक्रिया दिँदै, स्थानीय इतिहास र सांस्कृतिक पहिचानलाई प्रतिबिम्बित गर्ने नाम आवश्यक रहेको धारणा राखेका हुन् ।
नामाकरण प्रक्रियाका क्रममा नेपाली कांग्रेसले यस प्रदेशको नाम मिथिला प्रदेश हुनुपर्ने पक्षमा उभिएको थियो ।
यद्यपि, कार्यक्रममा देउवाले समसामयिक राजनीतिक विषयमा भने टिप्पणी गरेका थिएनन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार