अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २३, शुक्रबार ११:१४

एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति एलन मस्कका कम्पनीसँगको सरकारी सम्बन्ध र अनुदान तोड्ने चेतावनी दिएका छन् । जवाफमा मस्कले पनि ट्रम्पलाई महाअभियोग लगाउनुपर्ने अभिव्यक्ति दिएका छन् ।
ट्रम्पले हालै मस्कलाई सरकारी खर्च कटौती गर्ने सरकारी निकायको प्रमुखमा नियुक्त गरेका थिए । मस्क सो जिम्मेवारीबाट अलग भएपछि उनीहरुको विवाद पनि छताछुल्ल भएर सार्वजनिक भएको छ । मिडिया प्लाटफर्ममा उनीहरुले एकअर्कालाई आरोपप्रत्यारोप गर्दै धम्कीपूर्ण अभिव्यक्ति समेत दिएका छन् ।
मस्कले पटकपटक ट्रम्पको कर सम्बन्धी नीतिको आलोचना गरेका थिए । त्यसबाट निराश भएका ट्रम्पले मस्कलाई ‘ट्रम्प डेरेन्जमेन्ट सिन्ड्रोम’ भएको टिप्पणी गरे । त्यसपछि मस्कले आफू नभएको भए ट्रम्पले चुनाव हार्ने अभिव्यक्ति दिए र ट्रम्पले विश्वासघात गरेको आरोप लगाए ।
यति मात्र होइन, मस्कले त अब नयाँ पार्टी खोल्ने समय आएको समेत बताएका छन् । यसका लागि उनले जनमत जुटाउन सुरु गरिसकेको बताएका छन् ।
ट्रम्पले मस्कका सबै कम्पनीसँगको सरकारी सम्बन्ध र अनुदान रोक्ने धम्की दिएपछि मस्कको टेस्ला कम्पनीको शेयर १४ प्रतिशतले घटेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ । मस्क एपेस एक्स, टेस्ला, एक्स (साविकको ट्वीटर) लगायतका कम्पनीका मालिक हुन् ।
ट्रम्पले सरकारी सम्बन्ध तोड्ने बताएपछि मस्कले स्पेस एक्स नामको कम्पनीले ड्रागन अन्तरीक्ष यानलाई बन्द गर्ने घोषणा समेत गरेका छन् ।
ट्रम्पले ह्वाइटहाउसस्थित ओभल अफिसमा भनेका छन्, ‘मस्कसँग मेरो राम्रो सम्बन्ध थियो । अब उनीसँगको सम्बन्ध कसरी अगाडि बढ्छ भन्ने मलाई थाहा छैन । म एलन मस्कबाट निकै निराश भएको छ । मैले उनलाई धेरै सहयोग पनि गरेको थिएँ ।’

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार