अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २३, शुक्रबार ११:०७

काठमाडौँ ।
सत्यनिरुपण तथा मेलमिलाप आयोगले माओवादी शसस्त्त द्धन्द्धकालमा भएका जर्वजस्ती करणी र यौन हिंसाका विषयमा उजुरी दिन देशभरका वडामा पत्राचार गरेको छ ।
आयोगले सूचनामार्फत यसअघि पनि जर्वजस्ती करणी र यौन हिंसाका घटनामा उजुरी दिन आह्वान गरेको थियो । आयोगले पदाधिकारी पाएलगत्तै यसअघि उजुरी दिन छुट भएका र उजुरी नै दिन नपाएकाहरुलाई ३ महिनाभित्र उजुरी दिन भनेको हो ।
यस्तो उजुरी सम्वन्धित जिल्लाको जिल्ला सरकारी वकिलको कार्यालय या आयोगको केन्द्रीय कार्यालय र आयोगको इमेल ठेगानामा पठाउन सकिने भनेको छ ।
द्धन्द्धकालमा भएका यस्ता घटनाको विवरण, प्रमाण, साक्षी, विवरणलगायतका थाहा भएका सबै विवरणहरु आयोगलाई उपलव्ध गराउन सहजीकरण गरिदिन भन्दै आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको थियो ।
आयोगका यो आग्रह अनुसार मन्त्रालयले देशभरका स्थानीय तहका वडा तहसम्म आयोगको आग्रहअनुसार उजुरी दिन पत्राचार समेत गरिसकेको छ । आयोगले आगामी भदौ ५ गतेभित्रमा यस्ता उजुरी गरिसक्न भनेको हो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार