जनकपुरधाम ।
पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजावादीहरूको आन्दोलन तुहिसकेको बताउनुभयो । राजाको कुरा गर्नु नै कथा जस्तो भइसक्यो समेत उहाँले बताउनुभयो ।
नेपाली कांग्रेसका स्वर्गीय तनेता ठाकुर प्रसाद ढुङ्गानाको ६२ औँ स्मृतिसभा कार्यक्रममा सहभागी हुन आज जनकपुरधाम आइपुग्नुभएको सभापति देउवाले विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेपाली काँग्रेस तथा नेकपा एमालेको वर्तमान गठबन्धन सरकार सहमति अनुसारनै अगाडी बढेको दाबी गर्नु भएको छ ।
वर्तमान गठबन्धन सरकार २०८४ सम्म चल्ने बताउनुभएको हो ।
उहाँले प्रतिनिधि सभाको गतिरोध गर्नु कुनै तुक नभएको बताउँदै गृहमन्त्रीको राजीनामा माग गर्नु पनि उचित नभएको बताउनुभयो ।
वर्तमान नेपाली काँग्रेस तथा नेकपा एमालेको संयुक्त सरकारले ल्याएको बजेट राम्रो र सन्तुलित भएको दाबी गर्नु भयो ।
पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि, पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला, कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, कांग्रेसका धनुषा सभापति योगेन्द्र पजियार लगायत विभिन्न नेताहरुको जनकपुर एयरपोर्टमा सहभागि भएका थिए ।






