अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २२, बिहीबार ११:५९

जनकपुरधाम ।
आर्थिक अनुशासनसम्बन्धी छानबिन समिति गठनका लागि सत्तापक्ष तयार भएपछि मधेस प्रदेशसभाको गतिरोध अन्त्य भएको छ ।

चैत २७ गते नै छानबिन समिति गठन गर्ने विषयमा सत्तारुढ र विपक्षी दलबीच सहमति भए पनि प्रतिपक्षी दलहरूले आफ्नो तर्फबाट सदस्यको नाम पठाउँदा समेत सत्तापक्षले नाम नपठाएका कारण समिति गठन प्रक्रिया अघि बढ्न सकेको थिएन ।
यसबीच, बुधबार बसेको प्रदेशसभा बैठक विपक्षी दलहरूले समिति गठनको माग गर्दै अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले बैठक स्थगित गरेका थिए ।
तर, अब सत्तापक्षले पनि छानबिन समितिका लागि नाम पठाउने तयारी गरेपछि समिति गठनको बाटो खुलेको छ । त्यससँगै मधेस प्रदेशसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रदेशसभामा लामो समयदेखि आर्थिक अनुशासन र पारदर्शितासम्बन्धी विषयमा बहस चल्दै आएको छ । विपक्षी दलहरूले सार्वजनिक खर्चमा अनियमितता भएको आरोप लगाउँदै छानबिन समिति गठनको माग गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार