अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २१, बुधबार १७:२७

काठमाडौं, २२ जेठ । नेपालले आइसिसी क्रिकेट विश्वकप लिग–२ मा फिल्डिङ गरिरहेको छ ।

सो लिगको त्रिकोणात्मक एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेदरल्यान्डविरुद्ध पहिला फिल्डिङ गरिरहेको हो ।

खेल स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा नेदरल्यन्ड्सका कप्तान स्कट एड्वार्डले टस जितेर ब्याटिङको निर्णय लिए पछि नेपाल फिल्डिङमा उत्रिएको हो ।

सोमपाल कामीले पहिलो बिकेट लिइसकेका छन् ।

पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको नेपाल त्यो लयलाई निरन्तरता दिने सोचमा छ ।

नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म पाँच एकदविसीय अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा नेदरल्यान्ड्स तीन तथा नेपाल दुई खेलमा विजयी भएका छन् ।

नेदरल्यान्ड्स २० खेलमा २६ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल १३ खेलबाट आठ अंकका साथ सातौं स्थानमा छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार