अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २०, मंगलवार १७:२६

जनकपुरधाम ।
थारु अन्तर्राष्ट्रिय महासभा तथा विभिन्न थारु संघसंस्थाहरूको संयुक्त आयोजनामा जनकपुरधाममा दुईदिने थारु अन्तर्राष्ट्रिय साँस्कृतिक सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले ७ बुँदे जनकपुरधाम घोषणापत्र समेत जारी गरेको छ । जेठ १९ र २० गतेसम्म चलेको सम्मेलनमा नेपाल र भारतका थारु प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सम्मेलनमा थारु अन्तर्राष्ट्रिय महासभाको अवधारणा, उद्देश्य, संगठनात्मक सिद्धान्त तथा वर्तमानमा थारु समुदायले भोगिरहेका साझा समस्याहरूका समाधानका उपायहरूबारे गहिरो छलफल भएको छ ।
बन्द सत्रको निर्णय अनुसार सम्मेलनबाट जारी एक घोषणापत्रमा आतंकवादको कडा भत्र्सना, सीमा क्षेत्रमा थारु समुदायको सक्रिय पहलकदमी, भाषा–संस्कृति र इतिहासको संरक्षण, आदिवासी अधिकारका पक्षमा अन्तर्राष्ट्रिय लविङ्ग, तथा सांस्कृतिक अनुसन्धान केन्द्र स्थापनाको विषय समावेश गरिएको छ ।
त्यसैगरी, थारु अन्तर्राष्ट्रिय महासंघको नेपाल च्याप्टर गठन गर्ने निर्णय पनि गरिएको छ, जसका संयोजकमा श्री श्रवण थारुलाई चयन गरिएको छ । महासभाले भारत र नेपालका च्याप्टरहरूलाई घोषणापत्र कार्यान्वयनका लागि सक्रिय रहने प्रतिबद्धता जनाएको छ ।
सम्मेलनले अन्य देशहरूमा पनि संगठन विस्तार गर्दै थारु समुदायका अधिकार र पहिचानको संरक्षणमा समन्वयकारी भूमिका खेल्ने स्पष्ट सन्देश दिएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार