अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २०, मंगलवार १६:१५

अनलाइन बेटिङ (सट्टेबाजी) खेलाएको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति ललितपुरका दुई वटा ठाउँमा छापा मारेर १७ जनालाई पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेमध्ये पाँच जना भारतीय नागरिक छन्। बाँकी सबै जना नेपाली नागरिक हुन्।

पक्राउ पर्नेहरूमा डाइमण्ड कुँवर, मनोज बोगटी, राजेन्द्रबहादुर महता, अरविनकुमार खड्का, विष्‍णुकुमार राउत, ठक्कर कुँवर, तिलक खड्का, जोर्डन भन्ने जीतबहादुर महतो, सुवास खड्का, विकास थापा, हर्कबहादुर खड्का, ऋषभ राज, दिपककुमार सिंह, अंकितकुमार सिंह, धिरजकुमार सिंह, पूर्णबहादुर दर्लामी मगर र मोहितकुमार सिंह छन्।

ऋषभ, दिपककुमार, अंकितकुमार, धिरतकुमार र मोहितकुमार भारतीय नागरिक हुन्। उनीहरूलाई ललितपुरको नख्खुको सनराइज अपार्टमेन्ट र धापाखेलबाट पक्राउ गरेको हो।

लामो समयदेखि सट्टेबाजी खेलाइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको प्रहरीको टोली खटिएको थियो। विशेषगरी उनीहरूले आइपिएल, जस्ता विभिन्न खेलमा बेटिङमा लगाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

उनीहरू पछिल्लो पाँच महिनादेखि ललितपुरमा रहेर सट्टेबाजी खेलाइरहेको प्रहरीको भनाइ छ। यस अवधिमा झण्डै ८१ करोडको कारोबार देखिएको एसपी आचार्यले बताए।

उनका अनुसार कारोबारका लागि धेरैजसो भारतीय बैंक नै प्रयोग भएको देखिएको छ। जसकारण यसमा बेटिङ खेल्नेहरू पनि भारतीय नागरिक नै हुनसक्ने प्रहरीको अनुमान छ।

यही समूहले पहिले दुबईमा पनि सट्टेबाजी खेलाउने गरेको पनि प्रहरीको अनुसन्धानमा खुलेको हो। ‘यो समूहले पहिले दुबईमा काम गरेको रहेछ। पछिल्लो समय यहाँ बसेर गरे,’ उनले भने। प्रहरीले उनीहरूले प्रयोग गरेका मोबाइल, ल्यापटप, राउटर लगायत विभिन्न उपकरणहरू पनि बरामद गरेको छ।

उनीहरूमाथि म्याद थप गर्न जिल्ला अदालत काठमाडौंमा लगिएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार