अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ २०, मंगलवार १६:१४

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मंगलबार जारी गरेको तथ्यांकअनुसार भारतमा सक्रिय कोभिड–१९ संक्रमितका केसहरू चार हजारभन्दा माथि पुगेको छ । यसमा केरला राज्य सबैभन्दा बढी प्रभावित राज्य भएको छ । त्यसपछि महाराष्ट्र, गुजरात र दिल्ली रहेको भारतीय अखबार द हिन्दुले जनाएको छ ।

भारतमा अहिले चार हजार २६ वटा सक्रिय संक्रमितका केसहरू रहेको र पछिल्लो २४ घण्टामा पाँचजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको रिपोर्टमा उल्लेख छ । भारतमा जनवरीदेखि अहिलेसम्म देशभर ३७ जनाको मृत्यु भएको छ ।

मे २२ मा भारतमा २५७ सक्रिय कोभिड–१९ का बिरामी थिए । यो संख्या मे ३१ मा तीन हजार ३९५ र त्यसपछि चार हजार २६ सम्म पुगेको छ ।

हाल भारतमा सबैभन्दा बढी केरला राज्यमा एक हजार ४४६ सक्रिय केस छन्, महाराष्ट्रमा ४९४, गुजरातमा ३९७ र दिल्लीमा ३९३ केसहरू छन् ।

तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा केरला, तमिलनाडु र पश्चिम बंगालमा एक–एकजना र महाराष्ट्रमा दुईजना गरी पाँचजनाको मृत्यु भएको छ ।

भारतीय चिकित्सा अनुसन्धान परिषद्का महानिर्देशक डा. राजीव बहलले पश्चिम र दक्षिण भारतका नमुनाहरूको जिनोम अनुक्रमणले हाल केस बढ्ने जिम्मेवार भेरियन्ट गम्भीर नभएको र ती ओमिक्रोनका उप–प्रकारहरू मात्र भएको सोमबार बताए ।

“हामीले पत्ता लगाएका एलएफ.७, एक्सएफजी, जेएन.१, एलबी.१.८.१ गरी चारवटा भेरियन्टहरू ओमिक्रोनका उप–प्रकारहरू हुन् । धेरै केसहरूमा पहिलो तीन प्रकार पाइएका छन्,” उनले भने ।

“हामीले यो अवस्थाको नजिकबाट अनुगमन गरिरहेका छौँ । हालको अवस्थामा हामीले सतर्क रहनुपर्छ, तर चिन्ता गर्नुपर्ने आवश्यकता छैन,” डा. बहलले भनेका थिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार