अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ १९, सोमबार १४:१८

साउदी अरबको सरकारले अनुमति बिना हज गर्न खोज्ने दुई लाख ६९ हजार ६७८ हज यात्रीहरूलाई मक्का प्रवेश गर्नबाट रोकेको छ । हज यात्रालाई सुरक्षित र व्यवस्थित राख्न यो कदम चालिएको हो ।

हरेक वर्ष लाखौँ मानिसहरू त्यहाँ हजको लागि जान्छन् । यति बेला ठुलो जमातमा मानिसहरू जान्छन् जसका कारण अनेकौँ सुरक्षा समस्याहरू निम्तिन्छन् ।

गत वर्ष चर्को गर्मीका कारण हजका क्रममा धेरै मानिसहरूले ज्यान गुमाएका थिए, जसमा अनुमति बिना आएकाहरूको ठुलो संख्या पनि समावेश थियो । अनधिकृत यात्रुहरूको भीडका कारण यस्ता घटनाहरू बढी हुने सरकारको भनाइ छ ।

सरकारले अनुमति बिना हज गर्नुलाई अपराध मानिने र यसका लागि सजाय पनि तोकेको स्पष्ट पारेको छ । जसमा ५ हजार डलरसम्मको जरिवाना पनि छ  ।

सरकारले साउदी नागरिक र प्रवासी दुवै विरुद्ध कारबाही गर्नेछ । हज नियम तोड्ने २३ हजारभन्दा बढी व्यक्तिहरूलाई जरिवाना गरिएको छ । ४०० हज कम्पनीहरूको लाइसेन्स रद्द गरिएको छ ।

यस वर्ष सुरक्षा उद्देश्यका लागि हजमा पहिलो पटक ड्रोन प्रयोग गरिँदै छ । साउदी नागरिक सुरक्षाले प्रविधिको प्रयोगले हजलाई सुरक्षित र व्यवस्थित बनाउन मद्दत गर्ने बताएको छ । ‘प्रत्येक तीर्थयात्री हाम्रो निगरानीमा छन् र नियम तोड्ने जो कोही पनि हाम्रो हिरासतमा हुनेछ ।’ लेफ्टिनेन्ट जनरल मोहम्मद अल–ओमारीले भनेका छन् । यस वर्ष अहिलेसम्म १४ लाखभन्दा बढी अधिकृत तीर्थयात्री मक्का पुगेका छन् ।  आगामी दिनहरूमा अझ धेरै मानिसहरू पुग्नेछन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार