अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ १९, सोमबार १०:२८

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक दिउँसो १ बजे लोत्से हल बानेश्वरमा बस्न लागेको हो ।

बैठकमा संसदमा प्रस्तुत भएको बजेट र समसामयिक विषयमा छलफल हुने मुख्य सचेतक महेश बर्तौलाले बताए । जेठ १५ गते बजेट पेश भए पनि विपक्षीहरूले संसदको अवरोध जारी नै राख्ने अडान लिएका छन् । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म अवरोध नहट्ने उनीहरूको अडान छ ।

यता नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक पनि आज बोलाइएको छ । आज १२ बजे सिंहदरबारमा दलको बैठक बस्नेछ । बैठकमा संसदमा प्रतिपक्षको भूमिकालाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल हुने बताइएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद अवरोध गरिरहेका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले केन्द्रीय सचिवालय र संसदीय दलको बैठक बोलाएको छ । सचिवालय बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक तीन बजेका लागि बोलाइएको हो ।

बैठकमा समसामयिक राजनीति, भिजिट भिसा र गृहमन्त्रीको संलग्नता, पार्टीको गतिविधि लगायतका विषयमा छलफल हुने छ । बैठक पार्टी कार्यालयमा बस्ने भएको हो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार