जनकपुरधाम ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस सरकारको एक निर्वाचन क्षेत्र एक कालोपत्रे सडक योजनाको शिलान्यास गरेका छन् । मधेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको एक कार्यक्रमकाबीच प्रधानमन्त्री ओलीले सो योजनाको शिलान्यास गरेका हुन् । प्रधानमन्त्री ओलीले डिजिटल प्रविधि मार्फत ८ वटै जिल्लाका ६४ वटै निर्वाचनमा एकै साथ एक निर्वाचन क्षेत्र एक कालोपत्रे सडक योजनाको शिलान्यास गरेका हुन् ।
६४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा पाँच–पाँच किलोमिटरको दरले जम्मा ३२० किलोमिटर कालोपत्रे सडक निर्माण गर्ने लक्षयसहितको यो योजना अबको मधेश निर्माणमा सम्भावना र चुनौती दुवै बोकेको बताइएको छ । यो योजनामा औसत रुपमा नौ अर्ब ६० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।





