अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ १७, शनिबार ०९:५१

रौतहटस्थित हातमा मेहंदी, नाकमा सुनको नथिया,गोडामा चाँदीको पाउनु लगायत विभिन्न किसिमका गहना लगाएकी, श्रृंगार बाट सजिएको एक महिलाको हत्या भएको आशंका गरिएको छ ।

फिक्का हरियोमा सेतो बुट्टा भएको कुर्ती सुरूवाल लगाएको, दुबै खुट्टामा सेतो धातु चाँदी जस्तो देखिने पायल (पाउजो) लगाएको, बाँया हातको नाडिको भागमा रातो रङ्गको धागो बाधेको, बाँया हातको औलाको भागमा मेंहदी लगाएको, नाकमा नथिया लगाएको, खुट्टाको औलामा आकाशे रङ्गको नङ्ग पालिस लगाएको, एसटिइपीएजीइ लेखिएको हल्का बैगुनी रंगको लेडिज सेन्डल चप्पल एक जोर, उचाई पाँच फिट दुई इन्च, शारीरिक बनावट पातलो, विशेष पहिचान वर्ण गहु गोरो , रंग अर्थात तराईको नवविवाहताको संकास्पद हत्या भएको आशंका गरिएको हो ।

बिहीबार अपरान्ह जिल्लाको पूर्वीभेग दुर्गाभगवती गाउँपालिका– ५ स्थित झाँझ खोलाको झुलुंगे पुलको छेउमा यकिन नाम थर बतन नखुलेको वर्ष २०/२५ को नवविवाहिता महिलाको शव झाडीमा घोप्टो अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले जानकारी दिए । अनुहार चिन्न सकिने अवस्थामा नरहेको, मृतक महिलाको घटनास्थल लाश जाँच मुचुल्का लगायतको कार्य सम्पन्न गरी मृतक लास पोष्टमार्टमको लागी प्रादेशिक अस्पताल गौरको शव गृहमा राखिएको छ ।

सुरक्षित राखिएकोमा मृतक महिलाको शव हाल सम्म सनाखत हुन नसकेकोले मृतक महिलालाई पहिचान गर्न सक्ने व्यक्तिले जिल्ला प्रहरी कार्यालय रौतहटमा सम्पर्क गर्न उनले आग्रह गरे । प्रवक्ता तथा डिएसपी रायका अनुसार घटना संकास्पद नै रहेको छ। एक दुईदिन अघि कसैले हत्या गरी महिलाको शव त्यहाँ फालेर गएको हुनसक्ने अनुमान गरिएको छ। तत्काल घटना बारे अनुसन्धान भईरहको छ, पोस्टमार्टम रिपोर्ट आएर अनुसन्धान सकेपछि घटना बारे यकिनका साथ भन्नसक्ने प्रवक्ता रायले बताए ।

यसरी नवविवाहिता महिलाले लगाउने सम्पूर्ण गहना लगाएको र श्रृंगार समेत गरेको अबस्थामा शव बरामद हुनु आफैंमा एउटा ठूलो घटनाको संकेत दिइरहेको छ । तराई मधेशमा पछिल्लो समयमा दाइजो लगायतको विभिन्न कारणले नवविवाहिताको हत्या गर्ने घटनामा वृद्धि भएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार