अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ १५, बिहीबार १८:१२

काठमाडौँ ।
सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ५७ अर्ब ४८ करोड बजेट विनियोजन गरेको छ ।
बिहीबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उक्त जानकारी दिए । ‘कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ५७ अर्ब ४८ करोड बजेट विनियोजन गरेको छु,’ मन्त्री पौडेलले भने ।
साथै कृषि क्षेत्रको विकासका लागि उत्पादन र उत्पादकत्वमा जोड दिइने र निर्यात प्रवद्र्धनमा जोड दिइने बताए । यसैगरी बीमा कार्यक्रममा साना तथा मझौला किसानलाई समावेश गरिनेसमेत बताए ।
अघिल्लो वर्ष मन्त्रालयले ५७ अर्ब २९ करोड रुपैयाँ छुटाइएको थियो । यो वर्षको रकम अघिल्लो वर्षभन्दा जम्मा ०.३३ प्रतिशत मात्रै बढी हो ।
सरकारले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई ७ अर्ब ४९ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत सो जानकारी गराएका हुन् ।
सरकारले आगामी आर्थिक वर्षका लागि उद्योग मन्त्रालयलाई १० अर्ब १४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै विनियोजित बजेटबारे जानकारी गराएका हुन् ।
सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका लागि आवश्यक बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहीबार आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयका लागि १३ अर्ब २८ करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।
बजेट भाषणका क्रममा उनले हिमाल आरोही र पदयात्रीका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाइने र पर्यटकीय गन्तव्यहरुमा पूर्वाधार विकास गरिने अर्थमन्त्रीले जानकारी दिए ।
यस्तै नेपाल नागरिक उड्ययन प्राधिकरणको संस्थागत सुदृढीकरण गरिने अर्थमन्त्रीले बताए । यसैगरी त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलमा स्तरोन्नतीका लागि आवश्यक बजेट समेत विनियोजन गरिएको छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि वन तथा वातावरण मन्त्रालयका लागि आवश्यक बजेट विनियोजन गरेको छ।
बिहीबार सङ्घीय संसद्मा आर्थिक वर्ष २०८२–०८३ को बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मन्त्रालयका लागि १८ अर्ब ६१ करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।
पर्यटन मन्त्रालयको बजेट ११ प्रतिशत बढेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।
यो वर्ष उक्त मन्त्रालयले १३ अर्ब २८ करोड बजेट प्राप्त गरेको छ । चालु आर्थिक वर्षमा यस्तो बजेट ११ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो । यो वर्ष सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रूपान्तरण गर्न ४ अर्ब रुपैयाँ भन्दा छुट्याएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार