अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ १५, बिहीबार १५:४७

एजेन्सी ।
भारतमा कोरोना संक्रमणका कारण मानिसको मृत्यु हुने क्रम जारी छ । भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार थप २ जनाको मृत्यु भएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
बुधबार महाराष्ट्रको ठाणेमा कोरोना संक्रमित ६७ वर्षीय पुरुषको मृत्यु भएको हो । उनलाई मे २५ तारिख अस्पताल भर्ना गरिएको थियो । उनलाई उच्च रक्तचाप र मधुमेह थियो भने उनले कोरोनाविरुद्धको खोप पनि लिएका थिएनन् ।
यस्तै बुधबार चण्डीगढमा पनि कोरोना उपचारका क्रममा उत्तर प्रदेशका ४० वर्षीय पुरुषको मृत्यु भएको छ । उनी पन्जाबको लुधियानामा काम गर्थे । सास फेर्न गाह्रो भएपछि उनलाई चण्डीगढ रेफर गरिएको थियो ।
भारतभर कोरोना संक्रमण हुने क्रम बढिरहेको छ । अहिलेसम्म भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १३२६ पुगेको छ । जसमा सबैभन्दा बढी केरलामा ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार