अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ १५, बिहीबार ०९:५४

जनकपुरधाममा प्रधानाध्यापक संघ नेपाल मधेसको प्रादेशिक भेला जनकपुरधाममा हुने भएको छ ।

जेठ १७ गते हुने प्रधानाध्यापक संघ नेपाल मधेसको प्रादेशिक भेलामा प्रदेशभरीबाट २ सय ५० बढी प्रधानाध्यापकहरुको सहभागिता रह्ने । भेलामा ८ वटै जिल्लाबाट कम्तीमा २५ जनाको दरले प्रधानाध्यापकहरुको सहभागिता रह्ने याज्ञवल्क्य संस्कृत विद्यालय जनकपुरधामका प्रधानाध्यापक संजय झाले जानकारी दिए ।

उनले भेलामा सामुदायिक विद्यालयसंग सम्वद्ध रहेका व्यक्तित्वहरुलाई सम्मानित गरिने समेत बताए । एक दिने सो भेलामा विद्यालयका कार्यालय सहयोगी, विद्यालय कर्मचारी, विभिन्न तहका शिक्षकहरु, प्रधानाध्यापकहरुलाई सम्मानित गरिने छ । यसका साथै विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी तथा विभिन्न पालिकाका जनप्रतिनिधिहरुलाई समेत सम्मानित गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

प्रधानाध्यापक संघको राष्ट्रिय भेला यही जेठ २४ तथा २५ गते गर्ने तयारी गरिएको उनले बताए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार