अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ जेष्ठ १४, बुधबार १७:४३

इलाका प्रहरी कार्यालय बर्दिवासको टोलीले एक सय ५६ किलो लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । बर्दिवास नगरपालिका–१ शुभ स्वस्तिक हस्पिटलअगाडिबाट अवैध लागुऔषध गाँजा करिब एक सय ५६ किलो ५५ ग्रामसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सर्लाही हरिवन नगरपालिका–५ घुर्कोली बस्ने ३५ वर्षीय लालबाबु साह र सोही नगरपालिका–३ बुद्धचोक बस्ने २१ वर्षीय अभिषेक परियार छन् ।

इलाका प्रहरी कार्यालय बर्दिवास र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिवासबाट खटिएको प्रहरी टोलीले परियारसहित चढेको बा११च ३४९४ नम्बरको स्कारपियोलाई जाँच गर्ने क्रममा स्कारपियोमा लुकाई–छिपाई राखेको ३० वटा पोकामा रहेको गाँजा फेला पारेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख डीएसपी विकास बमले जानकारी दिए ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार